जापानको तीज धमाका : गायकद्धय बद्री पंगेनी-पशुपति शर्मा र गायिका सम्झना भण्डारी जापान आउँदै

शान्त पहरी, जापान । कोरोनाको कहरले २ वर्ष सुनसान जस्तै बितेको तीज पर्व जापानमा यस वर्ष धुमधाम हुने देखिएको छ । विशेष गरि नेपाली हिन्दु नेपाली महिलाको चार्ड तीज पर्वको अवसरमा तिज धमाका २०२२ भव्य पार्न नेपालबाट लोकप्रिय गायक बद्री पंगेनी, चर्चित गायिका सम्झना भण्डारी र चर्चित गायक पशुपति शर्मा जापान आउने लगभव निश्चित भएको छ ।

जापानको फूकुओकामा क्रियाशील संस्था फूकुओका नेपाल सोसाइटीको आयोजनामा हिन्दु नेपाली महिलाको महानपर्व तीज पर्वको अवसरमा तिज धमाका २०२२ सफल पार्न लोकप्रिय गायक बद्री पंगेनी, चर्चित गायिका सम्झना भण्डारी र चर्चित गायक पशुपति शर्मा यहि अगस्ट २६ तारिख फुकुओका आउने भएको हो ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखी हुन नसकेको सांस्कृतिक कार्यक्रम यस वर्ष भने हुने भएको हो । यस वर्ष जापानभरमा नेपालको ख्याती प्राप्त आधा दर्जन भन्दा बढी चर्चित कलकारहरुको उपस्थितिमा हुने छ ।

तिज कार्यक्रमको लागि लोकप्रिय, लोकदोहोरी गायक बद्री पंगेनी ,चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका सम्झना भण्डारीको प्रबेशको लागि भिसा प्रक्रिया सफल भएको छ भने गायिका शर्मिला गुरुङ, गायिका राधिका हमाल लगाएतको प्रक्रिया अन्तिम चरणमा रहेको बुझीएको छ ।

त्यस्तै जापानमै रहेका चर्चित परदेशी गायक सुर्य खड्का, गायक-गायिकाहरु चेतन घर्ति मगर, समुद्र राज पौडेल, खेम राज पौडेल, अमित सापकोटा, निशा क्षेत्री, शिवा केसी, शान्ता जिसी लगाएतका स्थानीय कलाकारहरुको पनि व्यस्तता बढेको छ ।

नेपालबाट आउने कलाकारहरुको सम्पूर्ण तयारी पुरा भैसकेको र बाँकी आन्तरिक तयारीहरु भैरहेको फुकुओका नेपाल सोसाईटीका प्रबक्ता तथा तीज कार्यक्रम संयोजक धीरेन्द्र जोशीले बताए।

फुकुओकामा अगस्ट २६ शुक्ररबारका दिन हाकाता सिमिन सेन्टरमा कार्यक्रम हुने, नवलपुर समाज जापानले अगस्ट २९ तारिख बृहत तीज कार्यक्रम कावासाकीको लाजोना बिल्डिङमा आयोजना गरेको छ। त्यस्तै अगस्ट ३० तारिख सोही कलाकारहरु गलकोट समाज जापान कान्तोले नाकानो हलमा आयोजना गरेको तीज धमाकामा बेजोड प्रस्तुत गर्ने भएका हुन ।

स्याङ्जा समाज जापानले जापानका तीन ठुला शहरहरु टोकियो, सिजुओका र नागोयामा तीज सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अगस्ट महिनाको २८ तारिख आईतवार टोकियोमा नाकनो जेरो हलमा, सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल र नागोयामा ३१ तारिख बुधवार नागोया कोकुसाइ सेन्टेरमा हुने आयोजकले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया