
जापान । कानागावा नेपाली कम्यूनिटी जापानले नेपाली नारीको महान पर्व हरितालिका तिजको अवसर पारेर योकोहामामा तीज फेस्टिवल आयोजना गरेको छ ।
तीजमा जापानबासी नेपाली दिदी बहिनीहरूलाई मनोरन्जन एवं कला संस्कृतिको जर्गेना गर्ने उदेश्यले राष्ट्रीय स्तरका चर्चित कलाकारको उपस्थितीमा कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष हरि सापकोटाले बताउनु भयो ।
उक्त कार्यक्रमलाई थप मनोरन्जन दिनको लागी गायक अमित सापकोटा, गायक खेमराज पौडेल, निशा क्षेत्रि, शान्ता जिसी, सिभा केसी लगाएतको प्रस्तुति रहने पनि अध्यक्ष सापकोटाले जानकारी गराउनु भयो
कानागावा नेपाली कम्यूनिटीले नेपाली महिलाहरुको बिशेष चाड हरितालिका तीज को अबसर पारी यही अगस्ट महिनाको ३० तारिखका दिन तीज फेस्टिवल आयोजना गरिने भएकाले कानागावा केन तथा आसपासमा बस्नुहुने सबै दिदीबहिनी हरूलाई हार्दिक निमन्त्रणा गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया