तमु धीँ जापानले टोक्योमा आयोजना गरेको २४ औं रोधीं साँझको तयारी पूरा

टोकियो । तमु धीं जापानको आयोजनामा २४ औं रोधीं साँझको तयारी पूरा भएको छ । बुधबार जापान आईपुगेका मंगोलियन हर्टका चर्चित पप गायक राजु लामालाई टोक्योस्थित रातोमाटो रेष्टुरेण्टमा स्वागत तथा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराएको छ ।

अगष्ट २१ तारिक आईतबार टोकियोको सिन्जुकुमा हुने रोधी साँझको तयारी पूरा भएको संयोजक चित्र गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यही अगस्ट २१ तारिख हुन गइरहेको २४ औ रोधी साँझ २०२२ कार्यक्रमबारे जापानबासी नेपालीहरुलाइ जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिरहेको आयोजक संस्था तमु धीका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।

स्थापना भएको करिव ३ दशकमा पाइला टेक्न लागेको गुरुङ जातिहरुको साझा संस्था तमु धी जापानले लामो समयको कोरोना कहरपछि सांस्कृतिक पर्व रोधी साँझ २०२२ आयोजना गर्ने लागिरहेको छ ।
कार्यक्रममा नेपाली पप गीतका चर्चित गायक एवं मंगोलियन हर्टका गायक राजु लामाको विशेष प्रस्तुतिसँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” को पनि प्रस्तुति रहने भएको छ ।
रोधीं साँझको आम्दानीबाट बचेको रकम गण्डकी प्रदेश पोखरा महानगरपालिका ९११ काँहुमा निर्माणाधीन धर्मकाया बुद्द मण्डला पोखरालाई सहयोग गरिने संस्थाका संरक्षक अमृत गुरुङले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया