@सस्मिता खड्का, रामेछाप हाल जापान ।
-म आफ्नै काममा ब्यस्त थिय,अचानक चर्को होहल्ला सुने म ढोकामा उभिन पुगे उनी रुदै बिस्तारै झरिन अनि म गाको ल अब कहिल्यै आउदिन ! भन्दै थिइन् तर मेरा आखाबाट अचानक असिना बर्सियझै आँसु का ढिका खस्न थालिसकेछन मैले हस सम्म भन्न सकिन ! भक्कानिदै भने मसङ्ग नरिसाउनु है कहिल्यै पनि उनले मेरो प्रश्नको प्रत्युत्तरमा हस तिमी पनि नरिसाउ ल अनि मैले तिम्लाइ केही भनेकी छैन यहाँ कसैको कुरा सुनेर मलाई नराम्रो नभन्नु है यत्तिकैमा म बोल्न सकिन उनी बिस्तारै आफ्नी बहिनिको हात समायर गेटबाट बाहिर गइन् म हेरिरहे जब उनलाई देखिन आँखा चिम्लिएर एकैछिन बेहोस भए झैँ भए र छिनमै तन्दुरुस्त हुन पुगे। काठमाण्डौमा बसोबास गर्न थालेको झण्डै तीन बर्ष पूरा भएछ तीन बर्षमा करिब दुई ठाउँमा बसोबास गरे।
पेप्सिकोलामा बसोबास गरिरहदा विभिन्न समस्याका कारण म अलिमाथी सर्न बाध्य भएकी थिय । कलेज पढ्ने योजना बुनिरहेकी म कलेज भर्ना गरिसकेकी थिय नयाँ घरमा सरेकी म त्यहाँका मान्छेको चालचलन रितिथिती र सम्पुर्ण अबस्थाको बारेमा केही थाहा थियन । दाइ भाउजू अनि म , हामी सङ्गै बस्थ्यौ । जहाँ बसोबास गरेपनी बाहिरी मान्छेसँग खासै धेरै नबोल्ने म करिब एक हप्तासम्म त घरबेटी चिन्नै सकेको थियन । एकदिन कपडा सुकाउन माथी छतमा गयकी थिय त्यहाँ बसेकी थिइन् घरबेटीकि बुहारी अर्थात रमिता दिदी उनलाई म दिदी भनेर सम्बोधन गर्थे । घरबेटी अंकल अन्टि अनि उनका श्रीमान लाई चाहिँ अमित दाइ भनेर बोल्ने गर्थे म ।
उनी र म बिच परिचय भयो उनकी सासू र श्रीमान जागीरे हुनुहुदोरैछ ससुरा र बुहारी घरमै बस्नुहुदोरैछ उनी पनि जागिर खोजेर गर्ने सोचमा रैछिन एसो बाहिरबाट हेर्दा सारै आनन्दितमय परिवारजस्तो लाग्ने अनि शिक्षित पनि ! सानो परिवार सुखी खुसी र शिक्षित परिवार रैछनी है ? मैले उनिसङ्ग भनेकी थिय उनले यो प्रश्नको उत्तर फरक तरिकाले दियकी थिइन् बाहिर जे देखिन्छ त्यो भित्र देखिन गारो हुन्छ नानी मैले सङ्कास्पद प्रश्न गरे किन सन्तुष्ट देखिनुहुन्न नि तपाइ? म कसरी भनौं यो पहिलो भेटमा त्यो त बिस्तारै भनौंला बरु एउटा कुरा भन्छु नि ल ? मैले हस भने म दिनभर एक्लै हुन्छु तिमी मेरो साथी बन है मैले नम्र स्वरमा हस भनेकी थिए।
त्यसपछि हामी साथी साथी जस्तै भयौं म कलेज बाट कोठामा जान्थे उनी पनि फुर्सदै हुन्थिन कहिले उनको मा बस्ने कहिले मेरै रुममा बस्ने हामी एकार्कामा साथिसाथि भैसकेका थियौ । बिस्तारै मैले बुझे उनी र उनका श्रीमान बिच रुचि अभिरुचि ,लक्ष्य, खानपान र व्यबहार नै एकअर्कामा मिल्दोरहेनछ । बिबाह भएको करिब छ महिनामै सम्बन्धमा दरार आउन थालिसकेको रहेछ ।उनिहरुको घरपरिवार को सल्लाह अनुसार मागी बिबाह भएको रहेछ । बाहिरबाट हेर्दा शारीरिक रुपमा तन्दुरुस्त अनि असल देखिने अमित दाइ आफ्नी श्रीमती सङ्ग भने आफ्नो पुरुषत्व गलत रुपमा प्रयोग गर्दा रहेछन् । बि.एड गर्दै गरेकी रमिता दिदिको हरेक क्रियाकलाप सङ्ग उनी सन्तुष्ट रहेनछन् । पढ्दै गरेकी उनी कोहि साथिसङ्ग बोल्न नहुने , कसैको फोन, मेसेज आउन नहुने , सामाजिक सन्जालमा कसैको फोटो हाल्न नहुने, साथिभाइबिच रामाइलो गर्न नहुने ओहो ! कि अमित दाइ ढुङ्गे युगकै हुनुपर्छ जस्तो व्यबहार गर्ने रहेछन ।भनिन्छ नि कोहि मान्छे मन नपर्ने बित्तिकै उसका जतिसुकै राम्रा कामहरु पनि चित्त बुझ्न गारो हुन्छ भनेर आखिर त्यही थियो त्यहा पनि । अमित दाइलाई रमिता दिदिको न बोलेको मन पर्छ न हिनेको, खाएको, बसेको, हासेको केही मन नपर्ने!
अमित दाइ र रमिता दिदिको दिनदिनै झगडा पर्दोरहेछ मानौं कि उनिहरु एक दम्पती होइनन् उनिहरु एक प्रतिस्पर्धि हुन् , दुश्मन हुन ।बिबाद मात्र होइन अनावश्यक कुरामा अमित दाइले दिदिलाइ कुटपिट पनि गर्नुहुदोरहेछ ! फुर्सदको समयमा साथिहरुसङ्ग बोलेकै भरमा दाइले त्यो रात मरनासन्न हुने गरि दिदिलाइ कुट्नुभएको रहेछ अनि दिदिले बेलुका नै आफ्नी बहिनिलाइ बोलाउन खोज्दा मोबाईल खोसेर ढोका थुनेर राखिएको रहेछ अनि बिहान उज्यालो भएपछी मोबाईल दिनुभएछ र उनले आफ्नी बहिनिलाइ बोलाएर उनकी बहिनी एकाबिहानै त्यहाँ आएकी रहिछीन् । घटनाले तिब्र रुप लिएपछी उनिहरु संभवत डिभोर्स गरेर अलग्गिने निर्णय गर्न बाध्य भएका थिय ।
समय परिबर्तन भएको छ । आजकल पढेर आत्मनिर्भर भएपछी जिन्दगी बिताउनको लागि बिबाह अनिबार्य नदेख्ने युबाहरुको लहर बढेको छ । मानिसका इच्छा , चाहाना, भाबना र काम गर्न सक्ने क्षमतामा भिन्नता आइसकेको छ । सामाजिक संस्कार र संस्कृतिका नाममा हरेक आमाबुबाले आफ्ना छोराछोरीलाई बाध्यताको बाटो मा जबर्जस्ति हिड्न बाध्य पार्नुहुदैन । शहरमा ठूलो घर, गाडी अन्य सम्पत्ति, केटाको परिवार र बाहिरी इज्जतको आडमा केटाको मनोभावना, बानी व्यबहार र उसको कार्यक्षमता को बिना ख्याल आफ्नी छोरिलाइ थप मानसिक तनाब दिनबाट हरेक आमाबुबा सचेत बन्नुपर्छ ।
यहाँ सामाजिक संस्कार, नाताबाद र परिवारबादकै कारण सयौं छोरिहरुले बाध्यताको खोल ओढि समाजका सस्ता भाबनात्मक कुराहरु, घर घडेरी, जागिर अनि बाहिर देखिने सोझोपन जस्ता कुराहरुमा अल्झिएर जबर्जस्ति बिबाह गरेर नर्कको जीवन बिताउन बाध्य छन । यस्तै छोराको बैबाहिक जिबनप्रतिको सोच बिचार, लक्ष्य , उध्यस्य , बिबाहप्रतिको योजना, अनि आम्दानिको स्रोतलाई मध्यनजर नगरी बंश वृद्धिको एकलौटी स्वार्थको लागि छोरालाई जबर्जस्त बिबाह गरिदिने सोचबिचार हटाउनुपर्दछ ।
यधपी बिबाह के हो ? बिबाह कहिले गर्नुपर्छ ?
बिबाहपछी आफ्नो दायित्व र कर्तव्य के हुनुपर्छ ? बिबाहपश्चात उत्पन्न हुने साधारण मनमुटाव र बैचारिक मतभेदसङ्ग सामना गर्न नसक्ने ,केही सकारात्मक पक्षलाई व्यबहारमा उतार्न नसक्ने, समयानुकूल आफुलाइ परिमार्जित गर्न नसक्ने , कुन अबस्थामा कस्तो बोल्नुपर्छ के बोल्नुपर्छ जस्ता साधारण कुराको समेत ज्ञान नभई बिबाहकै लागि अनेक झुटको खेती गरि आत्तिएर बिबाह गर्ने मानिसलाइ बिबाह पछि को जिन्दगी निकै कष्टकर हुने गरेको छ ।
हरेक युबा युबतिमा योग्य र मिल्दो उमेर , एकअर्काको चाहाना, लक्ष्य ,आफ्ना बानीव्यबहार तथा भबिस्यका योजनाहरु र एकअर्काको कार्यक्षमताबारे एकअर्कामा परिचित हुन जरुर छ । बिबाह गर्न योग्य जोडि अब ढुङ्गेयुगको जसरी लुकिछिपी तथा समाजले के भन्ला के सोच्ला जस्ता कुराहरुमा अल्झिएर देख्दै नदेखेको तथा चिन्दै नचिनेको मान्छेसँग आफन्तहरुको खोक्रो आदर्शको आडमा बिबाह जस्तो विषयलाई छोटो समयमा निष्कर्ष गरेर आफ्नो भबिस्यमाथी खेलबाड नगरौं ।अझ अनौठो त यहाँ लाग्छ बरु बिद्यालयमा पाइलो नटेक्नुभयको हजुरबुबा तथा हजुरआमा हरुमा केही परिवर्तन छ तर हातमा ब्याच्लर,मास्टर्स को सर्टिफिकट बोकेर पनि पुरानो सोच र शैलीलाई पछ्याउँदै हिडिरहनुभएका केही अचेतन वर्गको जमातलाइ देखेर घृणित महसुस हुन्छ ।
त्यसैले खुलेर आफ्नो जिबनसाथी को सम्पुर्ण व्यबहार बारे जानकारी लिइ आफ्नो अबस्थासङ्ग मिल्दो जिबनसाथिसङ्ग बिबाह गरि आफ्नो अमुल्य जीवन सुखमय बनाउन स्वयम ब्यक्ती र हरेक आमाबुबा अर्थात परिवार सचेत हुनुपर्छ ।
समय परिबर्तनको गति सङ्गै अब हाम्रो आमाबुबा र घर परिवारमा पुरातनवादी सोच बिचार तथा सामाजिक अन्धो बैचारिक बन्धन सङ्ग जोडिएर छोरी मान्छेलाई घरको मुल इज्जत ठान्ने परम्परामा परिबर्तन हुनुपर्छ अर्थात हाम्रो आमाबुबाले समयको परिवर्तन तथा छोराछोरिको इच्छा र चाहानालाइ मध्यनजर गर्नुपर्छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया