नयाँ पुस्तालाई संगठित गर्न एनआरएनएमा होमिएको हुँ : सुमन कार्की (अन्तरवार्ता)

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी कार्कीद्वारा उम्मेदवारी दर्ता गर्नुभएको छ।
जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ काे सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी घोषणा गरि दर्ता गरेका सुमन कार्कीसँग नेपाल प्रदेश डट कमका लागि गणेश घिसिङले आगामी योजनाको बारेमा गरेको विशेष कुराकानी अंश:-
* एनआरएनए आइसीसी सदस्य किन होमिनु भयो ?
– एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा म गैरआवासीय नेपालीहरुलाई एनआरएनएमा एकताबद्ध र नेपाली कला संस्कृति विश्वभर पुर्याउन र नेपालमा पर्यटन विकासको लागि एनआरएनए आइसीसी सदस्यमा मैले उम्मेदारी दिएको हुँ ।
* चुनाब नै हुन्छ कि सहमति ?
– हामी सहमतिको लागि लागिपरेका छौं । सहमति भएन भने निर्वाचन हुनेछ ।
* निर्वाचन कहिले हुन्छ ?
– एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको ११ औं राष्ट्रीय महाधिवेशन जुलाई ३० तारिखको निर्वाचन हुने छ ।
* तपाई चुनाबमा होमिनु भयो, जित्नु हुन्छ ?
– जीत हार एउटा ठाउँमा छ, चुनाबमा आएसी सबैले जितछु नै भन्ने गर्छन तर म जित्ने गरि नै उठेको छु ।
* जित्ने आधार के छ ?
-मैले जित्ने हिसाब गरेरै मैदानमा आएको छु । जापानमा हुने हरेक कार्यक्रममा मैले आफ्नो ब्यवसायीबाट कमाईको ३०% जती सामाजिक कार्यमा छुट्याएको छु र त्यही अनुसार सहयोग गर्दै आएको छु । पैसा कमाएको छैन होला तर थोरै कमाईले पनि धेरै साथी भाई बनाको छु त्यही आधारमा म चुनाब हात पार्छु ।
*परिणाम सोचे विपरीत आयो भने ?
– त्यस्तो आउदैन, चुनावी परिणाम जस्तो आएनी स्वीकार छु ।
* तपाई के-के मा आवद्ध हुनुहुन्छ ?
– म नेपालबाट नै ब्यवसायी रूपमा जापान आएको हुँ । अहिले जापानमा रहेर एनआरएनए, रामेछाप समाज जापानको सल्लाहकार, नेपाल जापान संस्कृति समाजको सल्लाहकार, ईक्यानको सदस्य, नाटामा आवद्ध छु । ब्यवसायी रूपमा ट्राभल, शैक्षिक परामर्श संस्था लगाएतमा आवद्ध छु ।
* भावी योजना के छ तपाईको ?
-मेरो भावी योजना नयाँ पुस्तालाई एनआरएनएमा संगठित गर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, नेपालको ग्रामीण क्षेत्रको शिक्षाको स्तर उन्नति गर्न सहयोग गर्ने र नेपालको कला संस्कृतिलाई विश्वभर पुराउने योजना छ त्यस कारण यहाँ होमिएको हुँ ।
*हँस समय र संवादको लागि धन्यवाद, शुभकामना ।
– तपाईलाई नि धन्यवाद, मेरो विचार राख्ने वातावरण मिलाईदिनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया