टोकियोमा ‘नो कोशी कविता वाचन’ कार्यक्रम सम्पन्न

जापान : टोकियोको ओकुबुमा नो कोशी कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङकन संयुक्त संघर्श तदर्थ समिति जापानको संयोजक सन्जिब राइको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अथितिको रुपमा जनता समाजवादी पार्टी, नेपाल को प्रवास समिति नेपाली समाज जापानको अध्यक्ष शिशिर निङलेकु लिम्बु हुनु हुन्थ्यो भने अतिथीहरुमा शेर्पा संघ जापानको अध्यक्ष सोनाम शेर्पा, थकाली समाज जापानको अध्यक्ष बुद्वी गौचन, नेपाल तमाङ समाज जापान को अध्यक्ष कर्साङ तामाङ, किरात याक्थुङ चुम्लुङ जापानका उपाध्यक्ष लक्ष्मीहाङ आङ्बो र जसपा जापान को संरक्षक पेम्बा शेर्पा फोनिज जापानका अध्यक्ष फुर्वा शेर्पा लगायत थुप्रै अतिथिको पहुनाको उपस्थिति रहेको थियो ।

लेखक तथा कवी म्यामराज राइ, कुङ्बा कान्छा, विजय स्याङ्बो र कृष्ण थाम्देन को उपस्थिति रहेको थियो । कोशी नाम लाई आगो बालेर नस्ट गर्दै कार्यक्रम उदघाटन भएको उक्त कार्यक्रममा नेपाल र अरु देशहरु समेत बाट कविताहरु वाचन गरी दिनलाई प्राप्त भएको तर समय अभावको कारण सबै कविता वाचन गर्न नसकेको प्रती क्षमा चाहान्छौ भने कार्यक्रमका अध्यक्ष सन्जिब राइले साथै आउने दिनहरुमा नो कोशी कविता वाचन कार्यक्रमले निरन्तरता पाउने समेत जानकारी दिनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया