नेपाली सेनाले इराकमा शान्ति स्थापनार्थ खटिएका आफ्ना शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका अपनाउन निर्देशन दिएको छ ।
अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि र अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।
संयुक्त राष्ट्र संघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा खटिएको छ । सेनाले आफ्ना सैनिकलाई मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन भनेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा लेबनान र सिरियामा तैनाथ रहेका युनिटहरुलाई समेत उच्च सुरक्षा सर्तकता अपनाउन भनिएको छ । राजधानी दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया