भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालका लागि भारतले अनुदानस्वरूप दिएको खोप लिएर एयर इन्डियाको विमान काठमाडौं आइपुगेको छ । भारतले अनुदानका रुपमा दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप लिएर एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलमा बिहान अवतरण गरेको हो । कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिएको हो । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो । कोभिसिल्ड भारत, बेलायत, अर्जेन्टिनालगायत देशमा वितरण भइरहेको छ भने बंगलादेश, माल्दिभ्स, भुटानलगायत मुलुकमा भारतले अनुदानमा उपलब्ध गराउँदैछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया