
पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि तयारीमा निरन्त्तर जुट्नुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई विदा नदिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतले शनिवार वसेको मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै सवै कर्मचारीलाई तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासंग आवद्ध निकायका कर्मचारीका सुत्केरी विदा र किरिया विदा बाहेक अन्य विदा स्विकृति नगर्ने निर्णय गरेको जानकारी गराए । यस अगाडि स्विकृत भएका विदा रद्ध गर्ने र अहिलेको अवस्थामा स्वास्थ्य सेवामा आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्विकृत नगर्ने निर्णय गरेको छ ।
त्यस्तै, प्रदेश सरकारले उपचार नगरी बिरामी फर्काउने वा तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफू कहाँ आउने सबै बिरामीलाई उपचार नगरे संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानुनअन्तर्गत कारबाही गर्ने निर्णय बैठकले गरेको हो।
त्यस्तै, कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारीत अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय पनि वैठकले गरेको छ ।
न्त्रिपरिषद्ले प्रदेश सरकारअन्तर्गतका सबै कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरुलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन कार्यालय प्रमुखलाई निर्देशन पनि दिएको जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया