
जापान । टोकियोमा शनिबार १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजधानी टोकियोभित्र शनिबारसाँझसम्म १८१ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचके अनलाईनले उल्लेख गरेको छ ।
टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या २ हजार ९ सय ७५ जना पुगेको छ । हिजो टोकियोभित्र २०१ जना कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबारसाँझसम्ममा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १० हजार २ सय १३ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १० हजार ९ सय २५ जना पुगे जनाएको छ । जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुहरुसहित २२७ जना पुगेको छ ।
कोरोनाको संक्रमण नियन्त्रण लागि प्रधानमन्त्री शिन्जो आबेले अर्को महिना मे ६ तारिखसम्म जापानको ४७ वटै प्रान्तमा आपतकाल घोषणा गरेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया