कोरोना संक्रमणले विश्वर मृत्यु हुनेको संख्या ३ लाख २ हजार ९६५ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणले विश्वर मृत्यु हुनेको संख्या ३ लाख २ हजार ९६५  पुगेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर ४५ लाख  १८ हजार २०० संक्रमित भएका छन् ।

संक्रमितमध्ये यो समाचार तयार गर्ने समयसम्म १६ लाख ९९ हजार ३४६ निको भएका छन् । कोरोनाले अमेरिकामा ८६,८०४ को मृत्यु भएको छ भने इटालीमा हालसम्म ३१,३६८ को मृत्यु भएको छ । त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २७,३२१ ले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले ३३,६१४ को मृत्यु भएको छ ।

नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २,६४९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ८१,९९७ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया