एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप गर्नु उचित हुन्न् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।
कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बबताए । कुनै पनि बाहनामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै उनले भने, ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ ।साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको बताए । ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने,‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । ‘कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्छ । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा हाम्रा छलफल चलिरहेका छन ।

अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने भन्दै एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया