‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)

जुगल गाउँपालिकाका उपप्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको मार्मिक सांगीतिक कोशेली ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा योगेश लामाको शब्द, संगीत र संगीत संयोजनमा रहेको छ । संगम स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मित्र लामाको ध्वनि सम्पादन रहेको छ ।

योगेश लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको भिडियो जिग्मे मिडियाले निर्माण गरेको हो ।मेलम्चि पहिरो, जुरे पहिलो र लिदिको घटनालाई समावेस गरिएको गीतमा शब्द संगीत र स्वर तिनवटै विधा अब्बल देख्न सकिन्छ ।

दुखिएको त्यो निर्दोष मनहरु र बिचलित ती सपनाहरुलाई गीत संगितको माध्यमबाट मलम लगाउने उदेश्यले सम्पुर्ण लिदिबासी र सिन्धुबासि आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको मर्मलाई सकेसम्म त्यो पिँडाबाट केही राहत दिलाउन उक्त गीत सिर्जना गरिएको उपप्रमुख तामाङले बताईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया