
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललिपतुरमा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बिहीबार तीन महिला र एक पुरुष गरी थप चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । थप १,२४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४२,९४९ पुगेको मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा थप १०,६४१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७८८३ जना रहेका छन् । आइसोलेसनमा १६,२४१ जना सक्रिय संक्रमित रहेका छन् ।आइसियूमा १८२ जनाको उपचार भइरहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया