
अर्जुन लामिछाने,जापान । चर्चित प्रवासी गायक सुर्य खड्काको लोक गीत “थोरै खुशी” सार्वजनिक भएको छ ।
कोभिड १९ कोरोनालाई जितेसँगै खड्काको लय, शब्द र स्वरमा रहेको उक्त गीत प्रवासी नेपाली अनलाईन युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो ।
प्रवासी नेपालि कला मञ्च जापानले निमार्ण गरी बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा अनिलकुमार निर्दोष र यसोधा अधिकारिको अभियन रहेको छ भने एरेन्ज सागर विरही तथा मिक्सीङ बाजुरालिले गरेका छन् ।
मालाश्री रेकर्डिङ स्टुडियोमा अडियोको सम्पुर्ण कार्य सम्पन्न भएको गीतको म्युजिक भिडियोको सम्पुर्ण कार्य जापानबाट गरिएको बताइएको छ । भिडियोको निर्देशन मिन थापा, छायांकन अर्जुन लामिछाने तथा कमल श्रीपालीले गरेका छन् भने सम्पादन अनिल कुमार निर्दोषको रहेको छ ।
सोचे र चाहे जस्तो जीवन भएन भन्ने भाव बोकेको गीतको भाव अनुसार कथा वस्तुलाई आधुनिक विषयमा ढालेर पछिल्लो उर्जाशिल युवा पुस्तामा पनि लोकगीत प्रती लगाब रहेको कुरालाई भिडियो मार्फत कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक थापाले बताए ।
जापानमा रहेर नेपालि गीत संगितको क्षेत्रमा क्रियाशिल खड्काले पछिल्लो समयको चर्चित नैना रेशमका साथै कैयौ चर्चित गीतहरुमा आवाज दिएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया