कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार : अस्पताल प्रशासन

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले बुधवार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ ।

फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया