काठमाडौं । चीन सरकारले आठ लाख डोज कोभिड खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत हौ यान छिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।
चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको थियो । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो । यसअघि सोमबार बिहान उक्त खोप चिनियाँ राजदूतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् ।
खोप लिन नेपाल एयरलाइन्यसको वाइडबडी जहाज आइतबार साँझ बेइजिङ गएको थियो । चीनले अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरे अनुसारको यो खोप हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया