एनआरएनए जापानको युवा संयोजकमा राकेश रुम्बा भिड्दै

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन २०२१-०२३) का लागि राकेश तामाङ रुम्बाले युवा संयोजकमा भिड्ने तयारी गरेका छन् ।
एनआरएनएजापानको आगामी कार्यकाल (सन २०२१-०२३) का लागि राकेश तामाङ रुम्बाले युवा संयोजकमा भिड्ने तयारी गरेका हुन ।

एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान संयोजक रहेका राकेश,सन २०१५ देखि निरन्तर एनआरएनए अभियानमा प्रत्यक्ष जोडिईँदै आएका छन् । सन २०१२ मा विद्यार्थीका रुपमा जापान छिरेका राकेश प्रवासमा युवाहरुको हितका लागि निरन्तर संलग्न रहँदै आएका छन् ।

जापान प्रवेशको सुरुवाती दिनमै, राकेशले आफु बसेको स्थानीय ठाउँमा नै नेपाली दाजुभाईहरु संगठीत गरि हाईजिमा क्लब स्थापना गरी युवा एकता तथा सबलिकरणमा जुटेका थिए ।
सामाजिक कर्मका कारण अग्रजहरुको अनुरोधमा एनआरएनए जापानको यात्रा प्रारम्भ गरेका राकेश, अब जापानवासी गैरआवासीय नेपाली युवाहरुको नेतृत्वको आकांक्षी बनेका हुन् ।
कान्तो क्षेत्रको सफल संयोजन गरिसकेका राकेश,युवाहरुको संयोजन गर्दै एनआरएनए जापानमा विद्यमान विभिन्न समस्याहरुको न्युनिकरण गरि सुधारको बाटोमा डोर्याउने प्रतिवद्दता ब्यक्त गरेका छन ।

सबै क्षेत्रको युवा हरुलाई समेटेर युवा हरुको लागि चेतना मुलक कार्यक्रम गर्छु, गलत कुरा हरुको भण्डाफोर गर्छु कसै संग डराएर गलत कार्य को आँखामा पट्टि बाँधेर नबस्ने प्रतिबद्वता व्यक्त गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया