अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको तालिबानको दाबी

अफगानिस्तान : विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।

कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।

यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना पठाउन लागेको अमेरिकाले जनाएको छ । त्यस्तै बेलायतले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन ६ सय सैनिक पठाउने बताएको छ ।

अमेरिकाले आफ्नो २० वर्ष लामो अपरेसन समाप्त गर्दै सेना फिर्ता बोलाएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन सुरु गरेको छ । बिहीबार तालिबानले हेरात, घाजनी र क्वाला–इ–न सहरमा समेत कब्जा जमाएको छ ।

‘हामीले कान्दाहार सहर पूर्णरुपमा कब्जा गरेका छौँ,’ तालिबानका प्रवक्ताले बताएका छन् । तर, यसको पुष्टि भने हुन बाँकी रहेको छ । स्रोतका अनुसार दक्षिणी हेलमान्द प्रान्तको लश्कर गाह पनि विद्रोहीको कब्जामा पुगेको बताइएको छ । यसको पनि पुष्टि हुन बाँकी रहेको छ ।

तालिबानले अहिले उत्तरी अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ । देशको एक तिहाइ भाग तालिबानको नियन्त्रणमा पुगिसकेको छ ।

@बीबीसी

फेसबुकबाट तपाइको प्रतिक्रिया