दमकलाई उपमहानगरपालिका बनाउने निर्णय : दुई राजनीतिक दलको असहमति

झापा । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् ।
नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् ।
राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए ।
राप्रपाले जारी गरेको विज्ञप्तिमा भनेको छ, “विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटकपटक बेवास्तासमेत गरिएको बताएको छ ।

यसैगरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरी उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सह अस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाई समेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औं बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया