
जापान । गैरआवसीय नेपाली संघ जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको छ । आगमी मार्च २९ तारिख जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको हो ।
प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप,रनिङ कपको साथै नगद ५ लाख १० हजार येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख ५० कप,सेमि फाईनालिसटलाई ५०-५० जहार येन र कप,फायर प्ले टिम कप र नगद,वेस्ट प्लेअर कप र नगद,हाई स्कोर कप र नगद,वेस्ट स्टिकिअर कप र नगद,प्ले अफ द लिगललाई कप दिने जनाएको छ ।
फुजिमारी पार्क हाचिओजीमा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातुसन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।
उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया