यस्तो छ जल्यो मन जल्यो गीतको म्यूजिक भिडियो

काठमाडौं । ईन्डियाको भिभिन्न क्षेत्रमा छरीएर बसेका नेपाली भाषीहरुको नेपाली गीत सङ्गीतको माया र मोह अतुलनीय छ । अहिले आफ्नै छुट्टै पहिचान बनाउन सफल भएकी गायिका शुस्मिता शर्माको स्वरमा रहेको जल्यो मन जल्यो निकै मार्मिक गीत एम थ्री मिडिया नेपाल युटुब च्यानलले असोज दोस्रो साता बजारमा ल्याएको थियो ।
चर्चित सर्जक् तथा गितकार ध्रुव प्रसाद अम्गाईको टीमले संचालन गरेको एम थ्री मिडिया युटुब च्यानल भित्र निकै उत्कृष्ट गीतहरु सुन्न र हेर्न सक्नु हुन्छ ।

अहिलेका चर्चित गीतकारको शब्दमा सजिएका आखा आखा जुधि किरण गज्मेर र अस्मिता अधीकारी माया कुरा सुनिदेउ सन्जु मोक्तान लगाएत धेरै गीतहरु छन ।
जल्यो मन जल्यो गीतको म्युजिक भिडियोमा उनै सुस्मिता शर्मा नब निहाल र अनि दित्ता दासको अभिनय छ सङ्गीतकार प्रेम राम दाम म्युजिक एरेन्ज राहुल कालिकोटे र मोहित राईको रहेको छ भने मिक्सिङ मास्टरीङ राहुल हरित ले गरेका छ्न ।

भिडियो निर्देशन राकेश शर्माले गरेका कोरियोग्राफी रेसहब चौधरी ईडिटीङ सिमन्त कलिता र मेक अप डोली शर्मा भिडियो नोरा ब्राईट फ्लिम यो गीत दिल्लीको गाडर स्टुडियोमा रेकड भएको हो भने गीतको म्युजिक भिडियोको छायांकन आसाम आसपास को क्षेत्रमा भएको हो भने यो गीतमा सम्पुर्ण ईन्डिया निवासी नेपालीहरुको संयुक्त सहकार्यमा भिडियो निर्माण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया