जापानले नेपाललाई १६ लाख डोज खोप प्रदान गर्ने, सरकारद्धारा धन्यावाद

जापान । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने भएको हो ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् । मध्य जुलाई देखि अगस्ट अन्त्यसम्म खोप नेपाल ल्याइने जापानी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जापानी राजदूत किकुता युताकाले नेपालको कोभिड महामारीविरुद्ध जापान सँधै साथमा रहेको जनाउँदै नेपाल र जापानबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको जनाएका छन् ।

जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

खोप उपलब्ध गराएकोमा जापानलाई नेपाल सरकारले धन्यावाद दिदै जापान सरकारले दिने खोपलाई स्वीकार गरिने पराराष्ट्र मन्त्रालय काठमाडौंले प्रेस वक्तब्य मार्फत सन्देश पठाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया