जापानबाट प्रचारलाई ब्यापक बनाउन एमाले १०औं महाधिवेशन सरोकार अभियान शुरू

टोकियो । प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी जापानस्थित युवा विभागले नेकपा एमाले १०औं महाधिवेशनको प्रचार प्रसारलाई ब्यापक बनाउन सरोकार अभियान शुरू गरेको छ । मंसिर ६ गते विभागका संयोजक बुद्विराज घिमिरेको अध्यक्षतामा बैठक बसेर एमाले १०औं महाधिवेशन सरोकार अभियान शुरू गरेको हो ।

नेकपा एमालेको महाधिवेशनको माहोल सिर्जना गर्न र प्रचार-प्रसारका लागि जापानको सबै क्षेत्रलाई समेट्ने गरि १०१ सदस्य नेकपा एमाले १०औ महाधिवेसन सरोकार अभियान चलाउने निर्णय संगै आजकै मितिबाट कार्यन्वय गरेको बिभागका सचिव बासुदेव पन्तले जानकारी दिनुभयो ।

पार्टीका अग्रज र सम्मानित ब्यक्तित्वहरुलाई पनि संजालमा जोड्दै सामाजिक संजाल एमालेमय बनाउने अपेक्षा गरेको छ, जसमा सवैले सहयोगी भुमिका खेलिदिन आवाहन गरेको छ ।
मंचको राष्ट्रिय कमिटीलाई अझ बढी सशक्त बनाउदै सहयोग पुर्याउने हेतुले विभागलाई उर्जाशिल,गतिशिल र ,सवल बनाउन धेरै युवा साथीहरूको भावना, चाहना र सुभेक्षा जाहेर गर्नु भए संगै सबैलाई गोलवन्द वनाई समेटेर लैजानका लागि युवा विभाग सदस्य विस्तार गरी ५१ सदस्य बनाउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: