पथरीशनिश्चरे नगरमा काँग्रेसको युवा नेता अनुप योन्जन बलियो उम्मेदवार हुन् ?

मोरङ । यतिबेला स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलहरूले गाउँ-गाउँमा विभिन्न चुनाव केन्द्रित अभियानहरु लिएर जनतासामु पुगीसकेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारअदुले बैशाख ११ र २२ गतेसम्मको उम्मेदवारी दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । विभिन्न राजनीतिक दलका नेताहरु वडाअध्यक्ष ,पालिका प्रमुख र नगर प्रमुखको टिकट आफ्नो हातमा ल्याउन लागिपरीरहेका छन् ।

यसैबीच मोरङको पथरीशनिश्चरे नगरपालीकामा नेपाली काँग्रेसबाट उम्मेदवार बन्न धेरै नेताहरुको आकान्क्षा रहेको बुझिएको छ । २०७४ को निर्वाचनमा एक स्वतन्त्रसहित चार वटा वडा जितेको काँग्रेसले दोस्रो मत प्राप्त गरेको थियो ।

हाल नेकपा विभाजित भएको कारण पथरीशनिश्चरेमा चुनाव जित्ने काँग्रेसको दाबी गरेको छ । हालसम्म
पथरीशनिश्चरे नगर प्रमुख पदमा काँग्रेसबाट मात्र ११ जनाले आकांक्षा राखेको बुझिएको छ । जसमा क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय प्रतिनिधि पर्शु कार्की, पूर्व महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु, ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ, नगर सभापति रुपनारायण भट्टराई, उपसभापति शन्तोष कार्की, सचिव शान्तोष कटुवाल, लोकनाथ खरेल, बद्री निरौला, माधव कोइराला र लक्ष्मी दुलाल नगर प्रमुखको टिकटको लागी दौडमा रहेको बुझिएको छ ।

यसैबीच मोरङ काँग्रेसभित्र पथरिशनिस्चरे नगर प्रमुखमा बलियो उम्मेदवारको रूपमा काँग्रेस मोरङ जिल्ला कार्यसमिति सदस्य समेत रहेका प्रखर वक्ताको रूपमा परिचित युवा नेता अनुप योन्जनको पनि चर्चा रहेको छ ।पार्टीले टिकट दिइएको अवस्थामा अनुपको जित सुनिश्चित रहेकोे मोरङका एक काँग्रेस नेताले बताए ।

अनुपसँग हरेक जाती,वर्ग,धर्म र लिंगलाई समेटेर विकास निर्माणको काम गर्न सक्ने क्षमता भएको मोरङका अर्को एक नेता बताउँछन् । अनुपले जनताहरु सँग प्रत्येक्ष वार्तालाप गरिरहेको कारण चुनाव जित्न गाह्रो नरहेको ती नेताको दावी छ । `विगत ५ बर्षदेखी पत्रकारीतामा आवद्ध भएको अनुप जि ले लकडाउनको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताहरुलाई सूचना सम्प्रेषण गर्नुभएको छ ´- ती नेताले भने ।

पथरिशनिश्चचरे नगरपालिका -७ स्थित लामाटोलका युवा नेता अनुप जगत बहादुर लामाका छोरा हुन् । सामाजिक व्यक्तित्व लामाले स्थानीय विद्यालय दुर्गा माविलाई २०३५ सालमा १ विघा जग्गा समेत दान दिएको थियो । लामाले नै त्यस स्थानको नाम लामाटोल राखिएको थियो । बुबाले गरेको सामाजिक काम र समाजमा दिइएको योगदानका कारण पनि अनुप नगरपालिकाभित्र परिचित छन् । विभिन्न संघसंस्थामा आवद्ध भएको अनुप पार्टीको भातृसंस्था साँस्कृतिक संघको केन्द्रिय प्रतिनिधि हुन् भने तामाङ पत्रकार संघको केन्द्रिय सदस्य समेत रहेका छन् ।

नगरप्रमुख पदको उम्मेदवारमा चर्चा रहेपनी अनुपले भने उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनले नेताहरूसँग टिकटको लागि पनि पहल नगरेको बताए । `घर-घर जाऔं,काँग्रेस जिताऔं´ अभियान अन्तर्गत प्रतिनिधिको रूपमा खटेर आफू विभिन्न ठाउँमा गएर कार्यक्रम गरिराखेको कारण यसबारेमा सोच्न नभ्याएको उनी बताउँछन् । पार्टीको हरेक कार्यक्रममा सक्रिय रूपमा लाग्दै आएका अनुपले पार्टीले विश्वास गरेर नगर प्रमुख पदमा उम्मेदवार बनाए आफू लड्न तयार रहेको पनि बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया