एमालेको पर्सा ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा मिलन बुढाथोकी चयन

काठमाडौं  । नेकपा एमाले पर्सा-काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित एक भव्य कार्यक्रमका वीच ठोरी-काठमाडौं सम्पर्क मन्च गठन गरिएको छ ।

चैत्र १९ गते शनिवार काठमाडौको धुम्बाराहिमा  कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय कमिटि सचिव गोकर्ण विष्ट, त्यस्तै सभाको अध्यक्ष हेम ब श्रेष्ठ,  ठोरीका नेकपा एमाले लाल बहादुर श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, ठाकुर प्रसाद न्यौपाने, राजेश लामा, देवजङ्ग पण्डित, रामशरण श्रेष्ट, नविन श्रेष्ठ लगायतका नेता साथै झन्डै ५०० को हाराहारीमा काठमाडौँ आइ अस्थायी, स्थायी रुपमा वसोवास गरिरहेका ठोरीका वासिन्दाहरुको वाक्लो उपस्थिति रहेको थियो ।

वीर बहादुर कुवरद्वारा सन्चालित कार्यक्रममा राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिले ठोरीको भुगोल, प्रचुर पर्यटकिय सम्भावना ठोरीका जनता समस्या, विकासका सम्भावना आदि विषयमा अन्तरङ्ग कुराहरु राख्नुभयो ।

ठोरिका जनता जागीसकेको र आजको विशाल जन उपस्थितिले आफु एकदमै खुशी भएको र अब चुनावमा ठोरीले नयाँ जनप्रतिनिधि पाउने जिकिर गर्नुभयो साथै आवश्यक परेको खण्डमा हरहमेशा आफुहरु ठोरिको विकासको निम्ति पहलकदमी लिन तयार भएको पनि विश्वास दिलाउनुभयो ।
आसन्न निर्वाचन केन्दृत कार्यक्रममा मिलन बुढाथोकीको अध्यक्षतामा ठोरी-काठमाडौं सम्पर्क मन्च कार्य समिति पनि गठन गरेको छ ।

कार्यक्रमलाइ सफल बनाउन महत्वपुर्ण सहजकर्ताको भुमिका खेल्नुहुने ठोरीका राकेश लामा हाल जापान लगायत सम्बन्धित सबै पक्षहरुलाइ हार्दिक धन्यवाद सहित आसन्न स्थानीय निर्वाचनलाइ सफल पार्न आ आफ्नो स्थानबाट सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया