
टोकियो । चुनावी सभामा गोली प्रहारबाट गम्भीर घाईते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको उपचारको क्रममा निधन भएको छ । गोली लागेर स्वास्थ्य अवस्था गम्भीर रहेको आबेको निधन भएको हो ।
जुलाई ८ तारिख बिहान ११:३० बजे चुनाब प्रचारको क्रममा नारा सिटीको सभामा ३ ओटा गोली प्रहार भएका आबेलाई २ ओटा गोली लागेको थियो ।
जापानको पश्चिम नारा केनमा आफ्नो भाषण गरिरहेको अवस्थामा जापानको पुर्व प्रधान्मन्त्री आवेलाई पछाडीबाट अन्दाजी ४० वर्षको पुरुषले ३ ओटा गोली हानेका थिए । ति युवालाई नारा प्रहरीले पक्राउ गरेको छ । गोली प्रहारपछि अचेत रहेका आवेको उपचारको क्रममा निधन भएको छ ।
जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेमाथि जापानको नारा शहरमा चुनावी भाषणका क्रममा तीन बर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ बर्षिय यामागामी तेत्सुयाले आबेमाथि नजिकैबाट गोली प्रहार गरेका थिए ।
घरेलु रुपमा निर्मित ठानिएको पेस्तोलबाट आवेमाथि घाँटी र छातिमा दुई वटा गोली प्रहार भएको थियो । जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तेत्सुया सन् २००५ सम्म तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा कार्यरत थिए ।
अभियुक्तलाई आवेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी अधिकारीहरूका अनुसार उनले अनुसन्धानमा आफू पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्ने उद्देश्य रहेको बयान दिएका थिए ।
सन् १९५४ सेप्टेम्बर २१ मा जन्मिएका आवे ६७ बर्षमा निधन भएको छ । आवे जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति हुन् । उनले कुल २८ सय ८६ दिन जापानको प्रधानमन्त्री कार्यालय सम्हालेका थिए ।
पहिलो पटक सन् २००६ देखि २००७ र दोस्रो पटक सन् २०१२ देखि २०२० सम्म आवे जापानको प्रधानमन्त्री रहेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया