
जापान । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २८ तारिख जापानको ओकिनावामा प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानभर पनि रिलिज हुनेक्रममा ओकिनावामा प्रदर्शन हुने भएको हो ।
चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएता पनि जापानमा भने सेप्टेम्बर २४ बाट मात्र प्रदर्शनींमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनु भयो ।
अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रको जापान अफिसियल डिष्ट्रिब्यूटर सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापानले ईभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रा.लिले ब्यवस्थापन गरेको छ ।
जापानको ओकिनावा शहरमा कर्णाली प्रदेश समाज ओकिनावाले त्यस क्षेत्रको शो को जिम्मा पाएको छ । स्थापना समयदेखि नै अहिलेसम्म हरेक किसिमका आपत् बिपतमा कर्णाली प्रदेश मात्र नभै नेपालका हरेक स्थानमा बिभिन्न आर्थिक सामाजिक रुपमा सहयोग गर्दै आइरहेको र जापानमैं सामाजिक सरसफाइ, खेलकुद कार्यक्रम, दसैँमा ओकिनावाका नेपालीहरुलाई मनोरञ्जन दिनका लागि कर्णाली प्रदेश ओकिनावाले बहुचर्चित नेपाली चलचित्र प्रेम गित ३ लिएर आएको अध्यक्ष भीम न्यौपानेले जानकारी दिए ।
प्रेम गीत ३ को जापान शो जापानको १३ शहरमा फिक्स भए पनि २ दर्जनभन्दा बढी शहरमा प्रदशनी गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया