
जापान । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
नेकपा(एमाले) को समर्थित प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान राष्ट्रीय कमिटीले अक्टोबर १६ तारिख आइतबार टोकियोमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम १६ अक्टोबर २०२२ सोलमारी मुरा हल शिनओकूबोमा दिउँसो १ बजेबाट साँझ ५ बजेसम्म हुने प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका सचिब राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त दशैं-तिहार, छठ, ल्होसार लगाएत चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रममा जापानस्थित नेपाली राजदूतावास, एनआरएनए र विभिन्न नेपाली सामाजिक संघसंस्था र अग्रज व्यक्तित्वहरुलाई आमन्त्रण गरेर देशको पछिल्लो समसामयिक विषयमा समेत छलफल हुने अध्यक्ष कुलचन्द्र खरेलले बताउनु भयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया