धादिङमा ६.१ रेक्टर स्केलको भूकम्प : २० घर भत्किए, ७५ वटा चर्किए

काठमाडौं । धादिङको खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज विहान ७:३९ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

पटक-पटक चार रेक्टरस्केलभन्दामाथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ७:३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया