आरके शर्मालाई पहिलो झड्का: समान्तर कमिटीमा नाम राखेपछि कतारकै पूर्वअध्यक्ष मोहम्मदको आपत्ति

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवशेनमा सहकोषाध्यक्ष पदका उम्मेदवार मोहम्मद मुक्तदा मुसलमानले नसोधी आफ्नो नाम आरके शर्मा नेतृत्वको समान्तर कमिटीमा राखेको प्रति आपत्ति जनाएका छन् ।
बिश्व सम्मेलनको प्राप्त मत परिणामबाट असन्तुष्ट पक्षले पुनः समानान्तर कमिटी गठन भएको भन्ने खबर देखे र उक्त समानान्तर भनिएको कमिटीमा मेरो नाम समेत सह( कोषाध्यक्षमा राखिएको बिषयमा घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रहेका मुक्तदा एनआरएनए कतारको निर्वतमान अध्यक्ष तथा सक्रिय ब्यक्ति हुन ।

मोहम्मद मुक्तदा मुसलमानको यस्तो छ विज्ञप्ति
प्रेश बिज्ञप्ती !
बिश्वभर छरिएर रहनु भएका तमाम आदरणिय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता, शुभेच्छुक एबम डेलिगेटस ज्युहरु!
भर्खरै सम्पन्न NRNA को ११ औं बिश्व सम्मेलनबाट निर्बाचित हुनुभएका सम्पुर्ण पदाधिकारीहरुमा हार्दिक बधाई एवं सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछु । तपाइँहरुको यस कार्यकालले अवस्य पनि संस्थाको गरिमालाइ उच्च बनाउनुको साथै सम्पुर्ण गैर आवासिय नेपालीहरुलाई एकताबद्ध बनाउनेछ भन्ने बिश्वास लिएको छु ।
यसै सन्दर्भमा मैले बिभिन्न सामाजिक संजाल र अनलाइन मिडियाहरुको माध्यमबाट भर्खरै सम्पन्न बिश्व सम्मेलनबाट प्राप्त मत परिणामबाट असन्तुष्ट पक्षले आज पुनः समानान्तर कमिटी गठन भएको भन्ने खबर देखें। उक्त समानान्तर भनिएको कमिटीमा मेरो नाम समेत सह- कोषाध्यक्षमा राखिएको बिषयमा म घोर आपत्ति जनाउन चाहान्छु । म संग कुनै समन्वय, छलफल र सल्लाह नै नगरी मेरो सहमति बेगर नै मेरो नाम समानान्तर भनिएको समितिमा राखिएको प्रति मेरो पुर्ण असहमति रहेको कुरा यसै बिज्ञप्ति मार्फत सम्पुर्णमा अवगत गराउन चाहान्छु । अतः जो जस्ले गरेको भए पनि उक्त गम्भिर गल्ति सच्याउदै मेरो नाम तुरुन्त हटाउन अनुरोध गर्दछु ।
हार्दिक धन्यवाद !
मोहम्मद मुक्तदा मुसलमान
निबर्तमान अध्यक्ष
NRNA -NCC Qatar
एबम NRNA -ICC सह- कोषाध्यक्षको प्रत्यासी !

फेसबुकबाट तपाइको प्रतिक्रिया