एनआरएनए जापानको निर्वाचन तालिका सार्वजनिक, जुलाई २७ मा चुनाव

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको विधान २००४ को संशोधन सहितको विधान २०२४ को परिच्छेद २७.१ वमोजिम २०२५ -२०२७ सम्म बहाल रहने २ बर्षको कार्यकालका लागि जुलाई २७ तारिख आइतबार सम्पन्न हुने राष्ट्रिय समन्वय परिषद्को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
परिषद्को संशोधित विधान २०२४ को परिच्छेद २७१ बमोजिम आवश्यक कार्यविधि, आचारसंहिता र चरणगत तालिका सार्वजनिक गरेको छ । जसअनुसार उम्मेदवारी दर्तादेखि मतगणना र नतिजा सार्वजनिकसम्मका सम्पूर्ण कार्यतालिका तय गरिएको प्रमुख निर्वाचन आयुक्त तिलक मल्ले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचन प्रक्रियालाई डिजिटल माध्यममार्फत पारदर्शी र मर्यादित बनाइने छ।
निर्वाचनको सम्पूर्ण व्यवस्थापन प्रमुख आयुक्त तिलक मल्लको नेतृत्वमा भइरहेको छ भने समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य छन्। समितिले निष्पक्ष, स्वतन्त्र र भद्र तरिकाले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचनमा सहभागी हुन चाहने उम्मेदवार तथा मतदाताहरूलाई तोकिएको समयभित्र सबै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
निर्वाचन कार्य-तालिका:
-निर्वाचन कार्यतालिका प्रकाशन –२०२५ जुलाई १२
-निर्वाचन निर्देशिका र आचारसंहिता सार्वजनिक – जुलाई १३
-प्रारम्भिक मतदाता नामावली प्रकाशन – जुलाई १४
-मतदाता नामावलीमा त्रुटि सच्याउन आवेदन – जुलाई १४
-संशोधित मतदाता नामावली तथा दावी–विरोध प्रक्रिया – जुलाई १५
-अन्तिम मतदाता नामावली प्रकाशन – जुलाई १५
-उम्मेदवारी दर्ता – जुलाई १६
-प्रारम्भिक उम्मेदवार सूची प्रकाशन – जुलाई १७
-उम्मेदवार सम्बन्धी दावी–विरोध – जुलाई १८
-अन्तिम उम्मेदवार सूची प्रकाशन – जुलाई २०
-नाम फिर्ता लिने अन्तिम मिति – जुलाई २१
-चुनावको लागि अन्तिम उम्मेदवार नामावली प्रकाशन – जुलाई २२
-निर्वाचन (मतदान) – जुलाई २७, बिहान ९ बजेदेखि सुरु २० बजेसम्म
-मतगणना तथा परिणाम घोषणा – जुलाई २७ राति २० बजेदेखि २४ बजेसम्म

फेसबुकबाट तपाइको प्रतिक्रिया