टोकियो । अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने भएका छन्। जुन ९ जापानको टोक्योको हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल जापान आउन लागेका हुन ।
यो पटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने छ। चलचित्र रिलिज पुर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत सहभागिता जनाउने जनाएका छन।
सन् २०१८मा चलचित्र कृ को रेड कार्पेट प्रिमियरका क्रममा अनमोललाई जापान पुराएका चलचित्र फर्की फर्कीका प्रदर्शक सुभास लामिछानेले ६ वर्ष पछि पुन: अनमोललाई जापान ल्याउन लागेका हुन्।
चलचित्र कृको प्रदर्शन गर्दा सामान्य तयारीका बीच पनि करिब एक हजार दर्शक उपस्थित भएका थिए यो पटक पन्ध्र सय बढी दर्शक चलचित्र फर्की फर्की हेर्न आउने सुभास लामिछानेले अनुमान गरेका छन्। जापानको टोक्योस्थित नाकानो हलमा चलचित्र कबड्डी ४ प्रदर्शन गराउँदा सत्रसय दर्शकले चलचित्र हेरेका थिए। जापानको इतिहासमै एक शोमा एकैसाथ नेपाली चलचित्र सत्रसय दर्शकले हेरेका थिए ।
चलचित्र फर्की फर्कीलाई नेपालका दर्शकहरु बाट राम्रो साथ मिल्नुका साथै चलचित्रले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ। जसकारण जापानमा चलचित्रको बेग्र प्रतिक्षा भइरहेको रहेका छन्।चलचित्र जापानको टोक्योस्थित नाकानो जिरो हलमा जुन ९ तारिख साँझ ६:३० बजे बाट प्रदर्शन हुने छ ।
चलचित्र हेर्नका लागि बिद्यार्थीहरुलाई २५०० येन अरु दर्शकका लागि ३००० येन र गेटमा ४ हजार येन टिकट दर राखिएको छ। टिकटखै डट कम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया