जापान । केहि महिनाअघि गठन गरेर गतमहिना प्रथम अधिवेशन गरेको गुरूङ समाज जापानले विभागहरु गठन गरेको छ ।
कार्यसमितिको प्रथम बैठक आईताबार अध्यक्ष युवराज गुरूङको अध्यक्षतामा विभिन्न प्रस्तावहरू माथी गहन र घनिभूत छलफलबाट सर्वसम्मतसंग विभागहरू र यसका प्रमुखहरू, सल्लाहकार समिति , संरक्षक परिषद, अनुशासन तथा अनुगमन विभाग, वार्षिक कार्यतालिका र तत्काल क्षेत्रीय समिति गठन लगायत महात्वपुर्ण विषयहरूको निर्णय सहित विभागिय प्रमुखहरू चयन गरी सम्पन्न गरेको छ।
गुरूङ समुदायको आफ्नै मौलिकताहरू भाषा, धर्म, भेषभुषा, कला, संस्कृतिक , संस्कार आदि बहुआयामिक क्षेत्रको संरक्षण र संवर्धन गर्दै एक आपसमा जापानमा मात्र नभई मातृभूमी र विश्वमा छरिएर रहेका तमाम् गुरूङहरूलाई एकताको मालामा जोड्दै र समृद्धिको अभियानमा गुरूङ समाज जापान निरन्तर यात्रामा रहने अध्यक्ष युवराज गुरूङले जानकारी दिनुभयो।
जापानमा रहेका जति पनि संघ-संस्था सबैसंग गुरूङ समाज जापानले भातृत्व , मेल मिलावमैत्री तथा एक आपसमा सहकार्य गरेर अघि बट्ने विषयलाई बैठकले ऐक्यवतता जनाएको छ।
गुरूङ समाज जापानको विभागिय प्रमुखहरूः
१)संगठन विभाग प्रमुख -जगदिश गुरूङ
२)महिला विभाग प्रमुख -जमुना गुरूङ
३)सांस्कृतिक विभाग प्रमुख -कौशल गुरूङ
४)प्रचार प्रसार विभाग प्रमुख – प्रकाश गुरूङ
५)शिक्षा विभाग प्रमुख -सोमान गुरूङ
६)खेलकुद विभाग प्रमुख- पल गुरूङ
#सल्लाहकार समितिमा निम्न व्यक्तित्वहरूलाई मनोनित गरिएको छ ।
प्रमुख सल्लाहकार -जीवन कुमार गुरूङ
सल्लाहकार-
-चित्र बहादुर गुरूङ
-खेम प्रसाद गुरूङ
-टम प्रसाद गुरूङ
-महेन्द्र कुमार गुरूङ
-सुमन गुरूङ
-नविन गुरूङ
-मन राज गुरूङ
-सुरेन्द्र गुरूङ
-भोज गुरूङ
#३ सदस्यीय संरक्षक परिषद समिति मनोनित गरिएको छ ।
-लिल बहादुर गुरूङ
-आस बहादुर गुरूङ
-गोविन्द गुरूङ
# ३ सदस्यीय अनुशासन तथा अनुगमन विभाग गठन गरिएको छ ।
-आस बहादुर गुरूङ
-चित्र बहादुर गुरूङ
-चन्द्र गुरूङ
फेसबुकबाट तपाइको प्रतिक्रिया