जापान । प्रवासी नेपाली मन्च जापान अन्तर्गत क्षेत्रीय परिचयात्मक कार्यक्रम हुने भएको छ ।
प्रवासी नेपाली मन्च जापान अन्तर्गत क्षेत्रिय कमिटिहरुको अधिवेसन २०२४ डिसेम्वरमा समापन भै नयाँ नेतृत्व चयन भैसकेका छन्। क्षेत्रिय कमिटि र राष्ट्रिय कमिटिको समन्वयलाई अझै नजिक र प्रभावकारी बनाउन थप उर्जासिल र समय सापेक्ष संगठनलाई गतिशिल बनाउने बिस्वासका साथ कमिटि भित्रको हार्दिकता, आत्मियतालाई अझै रचनात्मक शैलिमा प्रभावकारी वनाउनु महत्वपुर्ण भुमिका रहने उदेश्यका साथ यो अभियान संचालन गरिएको अन्तर क्षेत्रिय समन्वय बिभाग ईन्चार्ज बुद्धि राज घिमीरे बताउनु भयो ।
बिषय बस्तुलाई समेट्दै पहिलो चरण अभियान अन्तर्गत (क्षेत्रिय कमिटि – क्षेत्रिय कमिटी ) र (राष्ट्रिय कमिटि -क्षेत्रिय कमिटी )बिच परिचय गर्ने उद्देश्य तपसिल बमोजिमका तत्कालिन योजनाहरु पेश गरेको छ।
जसमा राष्ट्रिय तथा क्षेत्रिय कमिटि बिच परिचयात्मक कार्यक्रम संगै ॲग्रेजी नयाँ बर्षको शुभकामना आदनप्रदान !(२०२५-१-१३ सोमबार) जुम मार्फत हुनेछ । मंचले फ्रेवरी १ मा नागोया र २ मा टोकियोमा नेपालबाट अग्रज नेताको उपस्थितिमा हुने प्रशिक्षण कार्यक्रममा सहभागिताको लागि हाम्रो भुमिका बिषमा पनि बिशेष छलफल हुने बताएका छन्।
क्षेत्रिय ईन्चार्जहरुलाई बिशेष अनुरोध गर्दै उक्त समय आआफ्नो क्षेत्रबाट सतप्रतिसत उपस्थिति गराउन रचनात्मक भुमिका / सहयोग गरिदिनु भई यस अभियानलाई सहयोग गरिदिनु हुन घिमिरेले अनुरोध गरेका छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया