टोकियो । नेपाल मगर संघ जापानले गर्न लागेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।मगर संघले जापानका मुख्य ५ सहरहरुमा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रमको आयोजना गर्दैछ।
कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिए । कार्यक्रममा सहभागी हुन अमेरिकाबाट आज कलाकार संगिता थापा मगर टोकियो आईपुगेकी छन ।
विमानस्थलमा छोटो कुराकानी गर्ने क्रममा कलाकार संगिता थापा मगरले आफू जापान आउन पाउदा अत्यन्तै उत्साहित भएको जानकारी दिनुभयो। त्यस्तै गायिका रितु थापा मगर पनि नेपालबाट गत साता मात्र जापान आईपुगेकी छन ।
यस्तै अन्य राष्ट्रिय कलाकारहरुमा चेतन घर्ती मगर, रचना राना मगर, पवित्रा घर्ती मगर, प्रगती पुन मगर, कामना फगामी मगर, सागर थापा मगर, यामराज जर्घा मगर, गिता पाईजा मगर, पवित्रा सरतुंगे मगर लगायत कलाकारहरुले प्रतुती दिने छन ।
नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त आयोजनामा यहि जनवरी १२ मा नागोया,जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा टोकियोमा माघे सक्रान्ती विशेष सांगितिक कार्यक्रम हुनेछ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया