राष्ट्रिय सभामा निर्वाचित सदस्यको कार्यकाल फागुन २१ देखि

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुने भएको छ ।

निर्वाचित १८ र मनोनित एक गरी १९ जना सदस्यहरूले शपथ ग्रहण गरेपछि कार्यकाल सुरु हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि विहीबार सम्पन्न निर्वाचनमा १८ जना सदस्य निर्वाचित भइसकेका छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित एक जना सदस्यको भने बाँकी रहेको छ । निर्वाचित र मनोनित सबैलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएपछि उनीहरूको कार्यकाल सुरु हुनेछ ।

नयाँ सदस्यको कार्यकाल सुरु हुने दिन नै शपथ गराइने जानकारी दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने, ‘सम्भवतः सुरु हुने दिन नै शपथ हुन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया