बिहुँकोट समाज जापानले नयाँ वर्ष २०८२ को अवसर बाल प्रतिभा प्रस्तुति कार्यक्रम गर्ने

टोकियो । बिहुँकोट समाज जापानले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै कान्तो क्षेत्रीय समितिको गठन तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम (Child Talent Show) समेत गर्ने तयारी गरेको छ।

यो कार्यक्रम यही अप्रिल १४ तारिख टोकियोको कामतामा आयोजना गरिनेछ। समाजले प्रवासी नेपाली बालबालिकाको सिर्जनात्मकता, कलात्मकता र प्रतिभालाई जापानस्थित नेपाली समुदायमा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बताएको छ।

प्रतियोगिताका विधाहरू यस प्रकार छन्:
• नृत्य: नेपाली सांस्कृतिक नृत्यहरू
• गायन: नेपाली भाषामा गीतहरू
• कविता वा कथा वाचन: नेपाली भाषामा
• अन्य प्रतिभा: बालबालिकाको विशेष रुची अनुसार

कार्यक्रममा भाग लिन इच्छुक बालबालिकाका लागि दर्ता खुला गरिएको छ। ५ देखि २० वर्ष उमेर समूहका बालबालिका सहभागी हुन सक्नेछन् भने दर्ता शुल्क निःशुल्क रहेको छ। दर्ताको अन्तिम मिति भने यहि अप्रिल १२ तारिखसम्म निर्धारण गरिएको छ।

बिहुँकोट समाज जापानका अध्यक्ष दिपक प्रसाद कँडेलका अनुसार, “यो कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, नेपाली भाषा र संस्कृतिप्रति उनीहरूको आत्मीयता थप प्रगाढ बनाउने विश्वास लिएको छ।”

सम्पर्कका लागि अध्यक्ष दिपक प्रसाद कंडेल, संयोजक अशोक शर्मा (गोपाल) र उपाध्यक्ष रामु कंडेल सँग सम्पर्क गर्न सकिने जनाइएको छ। बिहुँकोट समाज जापानले सबै अभिभावक र आजिवन सदस्यहरूलाई बालबालिका सहभागी गराई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया