गणतन्त्रको रक्षा र संघीयताकाे विपक्षमा जनमोर्चाको आन्दोलन सुरु

काठमाडौं । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । काठमाडौंको शान्तिबाटिकामा आइतबार सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो ।

सो क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए । २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको उनले बताए । उनले गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टि देखिएको बताउँदै गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारबाही भएको जिकिर गरे ।

अध्यक्ष केसीले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने बताए ।

चैत ३० गतेसम्म हुने केन्द्रीय आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने जनमोर्चाले जनाएको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया