काठमाडौं । नेकपामा विभाजन रोक्नका लागि एकताको अभियान सञ्चालन गरिरहेको वामदेव गौतमको समूहले सर्वोच्चको फैसलापछि एमालेभित्र न्यूनतम एकता कायम हुनुपर्ने निष्कर्ष निकालेको छ ।
अदालतको फैसलालाई स्वाभाविक रुपमा लिएर कार्यान्वयनमा लैजानुको विकल्प नभएको सो समूहको ठहर छ ।
एकता अभियानले ‘सम्भव भयो भने नयाँ शिराबाट वामपन्थी एकताका निम्ति नै पहल गर्ने हो । त्यो नभएसम्म ब्युँतिएको एमालेमा शीर्ष नेताबीच आधारभूत सहमति र सम्मानको वातावरण हुनुपर्ने हाम्रो निष्कर्ष छ ।
पार्टी एकता अभियानलाई निरन्तरता दिने निर्णय पनि वामदेव समूहको बैठकले गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया