निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा बहुमत प्राप्त गर्न चुनावमा केन्द्रीत हुन नेता कार्यकर्तालाई निर्देशन दिएक छन् ।

चुनावमा बहुमत ल्याएर प्रधानमन्त्रीसहित पूर्णरूपमा कांग्रेसले सरकार चलाउने दाबी गरेका हुन । शनिबार रत्ननगरमा गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा भएको युवा तरुण जागरण अभियानमा देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन दिएको हो ।
देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन पनि निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको बताए ।

जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीन पटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

सहमहामन्त्री डा.प्रकाश शरण महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिले कांग्रेसको संसदमा प्रतिनिधित्व कम रहेकाले सरकारमा जाने भन्दा चुनावमा केन्द्रीत हुनुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया