गुटसँग कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताएका छन् । बिहीबार बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा थप क्षति हुन नदिन सम्झाउने बुझाउने काम भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ । व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ । मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन ।’ प्रधानमन्त्री ओलीले ‘फ्लोर क्रस’ गरेर गर्व गर्ने प्रवृत्ति इतिहासमा कहिल्यै नभएको भन्दै एमालेमाथि र व्यक्तिगतरुमा आफूविरुद्ध निर्मम प्रहार भएको बताए ।

उनले प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै आफूलाई माटोमा मिलाइदिने नीति लिएको आरोप लगाए । उनले भने, ‘शासनमा नभएका बेला त यस्तो छ,भएका भए के गर्थे होलान् ?केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकीर्ण प्रवृत्तिले संगठित हमला भयो ।’

बुधबार साँझ ओली र नेपालीबीच दुई घण्टा भन्दा बढी समय वार्ता भएको थियो । वार्तामा पार्टी एक बनाएर लैजाने विषयमा कुरा भएको बताइएपनि ओलीको आजको आक्रोश देख्या वार्ता फलदायी नभएको अनुमान गर्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया