मुलुकभर ८ हजार ६०७ जना नयाँ कोरोना संक्रमित थपिए, १७७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन्।मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २३ हजार २२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।२२ हजार ३५३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ४०७ र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ६०७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ।पछिल्लो २४ घण्टामा ७ हजार ८९० संक्रमित निको भए, १७७ को मृत्यु कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ९० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २३ हजार २२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ७८ हजार १४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ७७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया