जापानमा महामारी न्यूनीकरणका लागि थप ४ क्षेत्रमा सङ्कटकाल

जापान । कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेपछी जापानका चार क्षेत्रमा पुन: सङ्कटकाल घोषणा गरिएको छ । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको बेला थप चार क्षेत्रमा संकटकाल थपिएको हो ।
यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू थियो भने हाल चिबा, कानागावा, साईतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो ।
कोरोना महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् । टोकियो र ओकिनावामा लगाएत अन्य चार क्षेत्रको सङ्कटकाल अगस्ट ३१ सम्मका लागि तय गरिएको छ ।

जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ । सङ्कटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया