काठमाडौं । नेपालमा थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १८५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । त्यस्तै शनिबार २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ ।
कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । क्वारेन्टाइनमा ३४६ जना रहेका छन् भने आइसोलेसनमा ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया