नेपालको प्रतिनिधित्व गर्दै जापानमा शिव मन्दिर निर्माण तथा गणेश मूर्तिको प्रतिस्थापन

फुकुओका। जापानको फुकुओका शहरमा नेपालको प्रतिनिधित्व गर्दै शिव मन्दिर निर्माण तथा गणेश मूर्तिको प्रतिस्थापन गरिएको छ । फुकुओकाको हाकाता नगर भित्र अवस्थित योशिजुकुको स्योतेनगागाई बजार क्षेत्रभित्र शिव मन्दिर निर्माण गरिएको हो ।

मन्दिर संगै १३ सय किलो तौल र १ सय ५८ सेन्टिमीटर अग्लो गणेशको मुर्ती प्रतिस्थापन गरिएको हो । आजियान स्योतेनगाई नाम राखी एशियन मुलुकका विभिन्न पसलहरु सहित संचालनमा रहेको उक्त बजारमा चिन, म्यानमार लगायतका मुलुकहरुको पसल तथा ति मुलुक झल्काउने विभिन्न सम्पदाहरु पहिले देखि राखिएको भएतापनि नेपालको भने प्रतिनिधित्व नदेखेपछि व्यवसायी तथा एनआरएनए आईसिसी सदस्य लक्ष्मण बानिँयाको पहल र सम्पूर्ण लागत आफैले व्यहोरेर बानियाँले त्यहाँ सो मन्दिर निर्माण तथा मुर्ती प्रतिस्थापन कार्य गरिएकोको हो । नेपाल र नेपालको संस्कृति चिनाउन शिव मन्दिर तथा गणेश मुर्ती राख्ने प्रस्ताव गरेँ र सोहि अनुसार अहि मन्दिर निर्माण तथा मुर्ती प्रतिस्थापन बानियाँले बताउनु भयो ।

बानियाँका अनुसार, प्रदेशमा आफ्नो मुलुकलाई धार्मिक पहिचान सहित चिनाउँदै, नेपाल र नेपाली संस्कार एवं संकृतिको प्रचाररप्रसार गराउने उदेश्यले यो मन्दिर तथा मुर्ती निर्माण गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: