
नागोया । प्रवासी नेपाली मञ्च जापान नागोयाद्वारा अङ्रेजी नयाँ बर्ष २०२२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापान नागोयाद्वारा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संम्योजक राम कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागोया क्षेत्रीय कमिटी सचिव कुमार अधिकारीले सन्चालन गर्नु भएको थियो भने नरेश राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष सुरेश केसी, सचिव डा. सरोज कंडेल र राष्ट्रिय कमिटी सदस्य कृष्ण प्रसाद भुसालले शुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीबाट कुलचन्द्र खरेल, स्वतन्त्र पौडेल, अर्जुन अधिकारी, कान्तो अध्यक्ष बुद्दीराज घिमिरे, कृष्ण भुसाल, दिप पाठक, प्रकाश ढकाल, अर्जुन थापा प्रवासी नेपाल मंच जापानका सल्लाहाकार देव घिमिरे लागाएतको उपस्थिती रहेको थियो ।
एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, नेसाजका अध्यक्ष अजय राना, स्याङ्जा समाज नागोया सचिव मनोज ढुङ्गाना, ब्यवसायी तथा समाजसेवी प्रेम राइ लगाएतको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया