टोकियोमा रातो माटो रेष्टुरेण्ट, नेपालीदेखी जापानीको रोजाई (भिडियोसहित)

जापान । टोकियोस्थित सिनओकुबोर ओकुबो रेल स्टेशनको बीच भागमा रहेको ‘रातो माटो’ नामक टिपिकल नेपाली रेष्टुरेन्टले नेपाली देखी जापानीहरुको समेत मन जितेको छ ।
फरक शैलीमा स्थापना भएको रातो माटो नामक टिपिकल नेपाली रेष्टुरेन्ट गत अक्टुबरबाट औपचारिक रूपमा एभरेष्ट ट्रेड कम्पनीले संचालनमा ल्याएको उक्त रातो माटोमा अनुभवी नेपाली व्यवसायीहरुको करिब २ करोड येन भन्दा बढीको लगानी गरेको संचालक शिवहरि पौडेलले जानकारी दिनु भयो ।

रातो माटो नाम सुन्दा जति विशेष छ, त्यहाँको परिकार तथा पस्कने सर्भिस गर्ने तरिका पनि विशेष रहेको छ । “रातो माटो”मा मट्का चिया, मट्का बिरियानी ,मट्का करी जस्ता सबै परिकारहरु माटोका भाँडामा बनाईने तथा दिईनेछ ।
विशेष आन्तरिक सजावटमा तयार पारिएको रेस्टुरेन्ट भित्रपस्दा नितान्त फरक र बसौँरबसौँ लाग्ने आकर्षक डिजाईनमा निर्माण भएको छ ।
सातौँ तल्लामा रहेको “रातो माटो”बाट टोकियो सिन्जुकु सहरको आकर्षक दृश्यहरु हेर्दै फरक, स्वादिष्ट र स्वास्थ्यवर्द्धक विभिन्न खानाका परिकारहरुमा रमाउन सकिनेछ ।

नेपालीहरुको बाक्लो बस्ती रहेको शिनओकुबो सजिलो लोकेशनमा रहेको “रातो माटो” जापानमा खुलेका मध्ये कम्तिमा एकपटक पुग्न लायक स्थानको रुपमा संचालनमा ल्याईएको छ ।
https://youtu.be/jLfElfX0iBU

फेसबुकबाट तपाइको प्रतिक्रिया