सर्वदलीय सहमति गरेर भए पनि निजगढमा विमानस्थल बनाउनुपर्छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसके देशले धेरै क्षति व्यहोर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेता सिंहले निजगढमा विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेको बताउँदै अब पनि बनाउन नसके देशलाई क्षति हुने बताएका हुन् । ‘निजगढमा विमानस्थल बनाउन सकेनौं भने धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपाल ल्याण्ड लक्डबाट एयर लक्ड हुन सक्छ,’ नेता सिंहले भने ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको पूर्ण पाठ आएपछि थप कदम चाल्न सकिने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया