सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत हारको बिषयका रूपमा नलिन देउवाको अपील

सर्वोच्चको फैसलापछि विज्ञप्ति जारी गरी सभापति देउवाले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई व्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: